फाइबर इन्टरनेट जडानका लागि इ-बिडिङ मार्फत टेन्डर गरी सम्झौता गरेर काम अगाडी बढाएको छ; उमाकुण्ड गाउँपालीका

रामेछाप । उमाकुण्ड गाउँपालिका अन्तर्गत सूचना प्रविधि शाखाको आयोजनामा सामुदायिक संस्था, सामुदायिक विद्यालय, वडा कार्यालय तथा गाउँकार्यपालिका कर्मचारीहरूलाई तीन दिने आइसिटी अभिमुखिकरण तालिम सम्पन्न भएको छ। गत पुस १२ गतेदेखि १४ गतेसम्म तालिम सञ्चालन भएको थियो।

विश्वमा सूचना प्रविधिको विकासले फड्को मारिरहेको बेला रामेछाप जिल्लाको उत्तरी भुभागमा रहेको उमाकुण्ड गाँपालिकाले आफूसँग भएको सीमित स्रोत साधन तथा जनशक्तिलाई उपयोग गर्दै सूचना प्रविधिको बारेमा सुसूचीत गराउन तालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिको आधारभुत पूर्वाधारको रुपमा मानिने इन्टरनेट जडानलाई प्राथमिकतामा राखेर गाउँपालिका अन्तर्गत सम्पूर्ण वडा कार्यालय, विद्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा वायरलेस टेक्नोलोजीको इन्टरनेट जडान कार्य सम्पन्न गरेको छ।

गाउँपालिकाले सबै विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा इन्टरनेटको पहुँच पुर्‍याएपछि त्यसलाई निरन्तरता दिन सो सम्बन्धी ज्ञान प्रवर्द्धन गर्न आर्थिक वर्ष २०७८/७९ को स्वीकृत कार्यक्रम अनुसार तीन दिने आइसिटी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो।

अभिमुखिकरण कार्यक्रममा माध्यामिक विद्यालयका लागि इ-पोर्टल सञ्चालन गर्ने र सो सम्बन्धी तालिम दिईएको हो। त्यस्तै गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरूका लागि सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र सेवा प्रवाह छिटो र सहज तरिकाले गर्न अनलाइन केन्द्रीकृत सिफारिस प्रणाली, डिजिटल राजश्व प्रणालि लगायतका विषयमा अभिमुखिकरण गराईएको हो।                                                                          साथै, उमाकुण्ड गाउँपालिकाले इन्टरनेट सेवालाई भरपर्दो बनाउन साथै सम्पूर्ण सरकारी कार्यालयलाई सूचना प्रविधि मैत्री बनाउनका लागि एफटिएच टक्नोलोजी भित्र्याउनका लागि फाइबर इन्टरनेट जडानका लागि इ-बिडिङ मार्फत टेन्डर गरी सम्झौता गरेर काम अगाडी बढाएको छ।फाइबर इन्टरनेट जडान सम्पन्न पश्चात गाउँपालिका लगायत सर्वसाधारण जनता समेतले शुलभ मूल्यमा इन्टरनेट सेवा उपभोग गर्न पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित