कक्षा १२ पुरकको परीक्षाफल प्रकाशित : ९२ हजार ४४ को ग्रेडवृद्वि

0
SHARES
0
VIEWS

कर्मारिन्जी शेर्पा – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्वि (पुरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

भदौ ३० र ३१ गते सञ्चालन गरिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरेको हो ।

परीक्षामा ७२ दशमलव ६७ प्रतिशत अर्थात ९२ हजार ४४ जना परीक्षार्थीको ग्रेडवृद्धि गरिएको बोर्डले जनाएको छ ।

ग्रेडवृद्वि परीक्षामा १ लाख २६ लाख ६ सय ५३ जना सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये ३४ हजार ६०९ जना अर्थात् २७ दशमलव ३२ प्रतिशत परीक्षार्थीको ग्रेडवृद्धि हुन नसकेको बोर्डले जनाएको छ । ६ जनाको परीक्षाफल भने रद्द गरिएको छ ।

परीक्षाको परीक्षाफल बोर्डको वेभसाइटमा हेर्न सकिन्छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित