रामेछाप । बागमती प्रदेश सभाका नवनिर्वाचित सदस्य तारा नारायण श्रेष्ठले सेवा सुधार गर्न टेलिकमलाई अनुरोध गर्नु भएको छ ।
बुधवार श्रेष्ठले नेपाल टेलिकमको कार्यालय केन्द्रिय कार्यालय पुगेर नेपाल टेलिकमले प्रवाह गरेको सेवामा बारम्बार समस्या आउने गरेको भन्दै सेवा सुधारको लागि अनुरोध गर्नु भएको हो ।
उहाँले रामेछापमा टेलिकमको सेवा सुधार र बिस्तारको लागी गर्न अनुरोध समेत गर्नु भएको छ । रामेछाप जिल्लाको विभिन्न स्थानमा अझै पनि नेपाल टेलिकमले प्रवाह गरेको फोन तथा इन्टरनेट सेवामा बारम्बार समस्या आउने गरेको र उक्त समस्यालाई तत्काल प्राविधिक टोली खटाई रामेछापमा टेलिफोन तथा इन्टरनेट सेवाको विस्तार र क्षमता वृद्धिका लागी अनुरोध गर्नु भएको छ ।
Discussion about this post