रामेछाप । ग्रिन तारा नेपालको फिल्ड कोर्डिनेटर भई उमाकुण्ड गाउँपालिकामा कार्यरत राघब खनाललाई चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीले एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सम्मानका साथ कामको प्रसंशा सहित बिदाई गरिएको छ ।
करिब २ वर्षदेखि निरन्तर रुपमा उक्त संस्थाको फिल्ड कोर्डिनेटर भई गाउँपालिका भित्रको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण, बाल क्लबको सशक्तीकरण, विद्यालयमा शुद्ध खानेपानी तथा स्यानिटरी प्याड व्यवस्थापन लगायत अतिरिक्त क्रियाकलापमा संचालन गर्नुभएको थियो ।
यसका साथै स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सबलिकरण तथा तालिम, कोभिडको समयमा औषधी, माक्स, स्यानीटाइजार वितरण, आमा समूह र स्वयंसेविकहरूको क्षमता विकास तालिम तथा गोष्ठी संचालन गरी संस्थाको तर्फबाट खनालले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान–पत्र सहित खादा र फूलमाला ओडाएर बिदाई गरेका छ ।
खनाल आफ्नो थप अध्यनलाई निरन्तरता दिनका लागि विदेश जान लागेकोमा विद्यालयका प्रधानाध्यापक शेष कुमार श्रेष्ठ लगायतले उज्ज्वल भविष्य कामना सहितको उत्तरत्तोर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।
खनालले आफू अध्ययन पुरा गरेर फर्केपछि पुनः ग्रामीण भेगको बालबालिकाको शिक्षा र स्वास्थ्यमा सेवा गर्ने योजना समेत सुनाउनु भएको छ । सोही बिदाई कार्यक्रमको अवसरमा खनालले विद्यालयको बाल क्लबलाई नगद २० हजार सहयोग समेत गर्नु भएको छ ।
Discussion about this post