रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ सुरु भएको छ । वडानम्बर ४ प्रीति च्यादोलुको नवनिर्मित उमाकुण्ड खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य मानवीय तारानाराण श्रेष्ठले गरेका हुन् । सो प्रतियोगितामा बोल्दै श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताए ।
उनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । प्रदेश सदस्य श्रेष्ठले आगामी बजेटमा जसरी हुन्छ उमाकुण्डको खेल मैदानलाई उच्च स्तरको बनाउने प्रतिबद्धता साथमा रामेछापको ६४ वाटै वडाहरुमा विद्युत समस्य सुधार गर्ने र उमाकुण्ड गाउँपालिकामा विद्युत महाशुल बुझाउने काउन्टर स्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले उमाकुण्डका जनताले विभिन्न गुनासो लिएर आफूलाई बारम्बर फोन गर्ने गरेकाले रामेछापको जनताले आफूले पाउनु पर्ने सेवा सुविधा पाएको छैन भने वडाध्यक्ष, गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिमा समस्य राख्न अनुरोध गरे । सो जनगुनासोलाई तत्कल संघीय मामिलामा आवाज लिएर जाने प्रतिबद्धता जाहेर गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारले बहुबासी, बहुसंस्कृति भएको जिल्लाकै ठुलो क्षेत्रफल ओगटेको यस गाउँपालिकामा राज्यको मानव सूचंकको आधारमा सबै भन्दा कम बजेट पर्ने गरेको कारण विकास हुन केही समय लागे पनि आफूले समृद्धि उमाकुण्ड बनाउन कुनै कसुर नराखेको बताए । त्यस्तै ६२ किलोमिटर मध्यमार्गी सडकलाई बहुबर्षे योजना अन्तरर्गत राख्नु पर्ने र यहाँका खेलमैदानलाई रामेछापको नमुना खेलमैदानको रुपमा स्थापन गरी राष्ट्रिय स्तरको बनाउनु पर्ने प्रदेश सरकारलाई माग राखे । साथै अध्यक्ष सुनुवारले संघीय तथा प्रदेश सरकार समक्ष गाउँपालिका भित्र निर्माण हुदै गरेको १० सैय र ८ सैयको दुईवाट अस्पतालको भौतिक संरचना र कर्मचारी व्यवस्थापन गर्न पहल गरिदिनु पर्ने पनि बताए । क वर्गमा रहेको यस गाउँपालिकाको प्रशासकीय वर्गीकरण कार्यन्वयमा ल्याउनु पर्ने, वन जंगल क्षेत्र भित्रबाट विद्युत प्रशारण गर्नु पर्ने भएकाले केवल तार मर्फत विद्युत विस्तर गनुपर्ने साथै उमाकुण्ड र लिखुपिकेको सीमनामा रहेको ६२ जनाको नाम नापी रहेको जग्गाको लाल पुर्जा वितरण गर्नका लागि पहल गरिदिन बगमती प्रदेश सदस्य तारानारायण श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की समक्ष आग्रह गरे ।
त्यस्तै उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले स्वगत मन्तव्य राख्दै गाउँपालिकाले खेलकुद विकासका लागि यस आर्थिक बर्षमा युवा तथा खेलकुद अन्तर्गत ६५ लाख ५० हजार वबजेट विनियोजन गरिएको बताए । सो बजेट मध्ये राष्ट्रिपाति रनिङ शिल्डका लागि २५ लाख छुट्याएको बताए साथै यस बर्ष उमाकुण्ड गाउँपालिकाले विनियोजित ६९ करोड २४ लाख ४४ हजार मध्ये गत ६ महिनाको बार्षिक आय व्यायको समिक्ष गर्दा हालसम्म पुजीगत तर्फ १८ प्रतिशत र चलुगत तर्फ ४१ प्रतिशत बजेट खर्च भएको बताए ।
प्रतियोगितामा गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार, बागमती प्रदेश सभा सदस्य माननीय तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापको समन्वय प्रमुख चिना खड्का कार्कीे, रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी शोभाकर रेग्मी, नेपाली सेनाको प्रमुख सेनानी दिपक टण्डन, प्रहरी नायब उपरिक्षक होम बहादुर पराजुली, गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ लगयत गाउँपालिकाभित्रका जनप्रतिनिधि शिक्षक कर्मचारी र छात्रछात्राहरूले सहभागिता जनाएका छन् । आज देखि माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनै विद्यालयलाई नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा शाखाले जानकारी दिए ।
साथै उक्त प्रतियोगितामा विभिन्न संस्कृतिक कार्यक्रम र विद्यार्थीहरूको प्रतिभा सहित छात्रछात्राहरूको दौड, सातैवटा माविका स्काउट ट्रुपले मार्च पास र परेड सहित विभिन्न कला संस्कृति भल्किने संस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो भने एथलेटिक्स तर्फ आज बाह्र खेलहरू सम्पन्न भएका छन् ।
Discussion about this post