उमाकुण्डको पालिकास्तरीय प्रधानाध्यापक बैठक : २०८० को शैक्षिक योजना निर्माण

रामेछाप । उमाकुण्ड गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको पालिका स्तरीय बैठक सम्पन्न गरिएको छ । बैठकमा शैक्षिक सत्र २०७९ को समिक्षा, अध्यक्ष छात्रवृत्ति वितरण, कक्षा ७ देखि १२ लाई दिवा खाजा कार्यक्रम, ई हाजिरी, आगामी शैक्षिक सत्रको बार्षिक कार्यतालिका र योजना लगायत १२ वटा एजेन्डामा दफावर छलफल गरिएको थियो ।

गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारले आफ्नो अध्यक्षतामा आयोजित पालिका स्तरीय प्रधानाध्यापक बैठकमा सम्बोधन गर्दै प्रधानाध्यापक जस्तो बाैद्धिक व्यक्तिहरूको समुहमा साक्षात्कर भई छलफल गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै शैक्षिक गुणस्तर वृद्धिको लागि गाउँपालिकाको अन्तरिक तथा बाह्य स्रोत परिचालन गर्न सधै आफू सकारात्मक रहेको बताउदै सबैले अनुशासित र मर्यादित भएर तोकिएको जिम्मेवार पुरा गर्नुपर्ने बताए । प्रमुख सुनुवारले गाउँपालिकामा शिक्षा क्षेत्रको चाैतर्फिर विकासका लागि आफू हर तरहले लाग्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले शिक्षा शाखाबाट सम्पादित विभिन्न नवीन कार्यक्रमहरूको चर्चा गर्दै आगामी दिनमा पनि पालिकाको आर्थिक स्रोतले भ्याएसम्म शैक्षिक क्षेत्र सुधारका लागि आफू सधैं सकारात्मक र प्रतिबद्ध रहने बताए ।

पालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रासा ङावा शेर्पाले प्रधानाध्यापक बैठकको एजेन्डा प्रस्तुत गर्दै उमाकुण्ड भित्रका सामुदायिक विद्यालयमा अध्यक्ष कोषा छात्रवृत्ति अन्तर्गत विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई आधारभूत तह कक्षा (१-५), कक्षा (६-८), माध्यमिक र उच्च शिक्षाका लागि क्रमशः चार हजार, छ हजार, आठ हजार र बाह्र हजार वितरण गरिने बताए।

त्यस्तै आगामी शैक्षिक सत्र २०८० का लागि बैशाख देखि लागु हुने गरि बार्षिक २६२ दिन विद्यालय खुलाउने र २२२ दिन पठनपाठन गराउने कार्य तालिका सार्वजनिक गरिएको थियो । साथै प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप र प्रत्येक महिना वडा स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने कार्यतालिकामा समावेश गरिएको थियो ।

एजेन्डा माथि छलफल गर्दै सामाजिक विकास समिति र बिषयगत शाखामा आर्थिक बर्ष २०७९/०८० को लागि बैशाख भित्र शैक्षिक र भाैतिक दुबै पक्षलाई समेटेर बार्षिक बजेट निर्माण गर्न विद्यालयहरूलाई आग्रह गरे । साथै गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयमा जडान भए ई हाजिरी मार्फत बैशाख महिनाबाट विद्यालयका शिक्षक तथा कर्मचारीहरूकाे हाजिरी प्रमाणिात गर्ने समेत बताए ।

स्रोत : शिक्षा शाखा

बैठकमा प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, शिक्षा शाखा प्रमुख
विनिता महात, प्रासा ङावा शेर्पा, सात वटा लिडर मा वि तथा आधारभूत तहका प्रधानाध्यापकहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित