रामेछाप। सनराईज बैंक उमाकुण्ड गा.पा प्रितिले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री चण्डेश्वरी माध्यमिक बिद्यालयमा कक्षा १ देखि ५ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ।
बैंकले मिति २०७९ चैत्र महिनाको १४ गते बिद्यालयमा औपचारिक कार्यक्रम गरि स्वीटर वितरण गरेको हो।उक्त कार्यक्रमको अध्यक्षता सनराईज बैंक लि. प्रिती शाखाका प्रवन्धक श्री सुनिल न्यौपानेले गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष श्री शेर बहादुर सुनुवार,त्यस्तै अतिथिहरु उमाकुण्ड गाउँपालिका वडा नं.४ अध्यक्ष श्री मान बहादुर सुनुवार,सनराईज बैंक लि. बाम्ती शाखाका प्रबन्धक श्री निरज ढकाल ,उमाकुण्ड गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख श्री विनिता महत, बिद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरु,बिद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु र उक्त बिद्यालयका विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि श्री शेर बहादुर सुनुवारले बैंकको यस्तो कार्य राम्रो रहेको र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई बैंकले निरन्तरता दिनुपर्ने अनुरोध गर्नुभएकाे थियो साथै उहाँले सनराईज बैंक आए पश्चात यहाँका जनताहरुलाई आर्थिक कारोबार गर्न सहज भएको र बैंकले कृषि क्षेत्रमा समेत कर्जा लगानी गरेकोले यश क्षेत्रका व्यवसायीहरुको आर्थिक उन्नति हुदै गएको समेत जानकारी गर्नु भएको थियो।


Discussion about this post