रामेछाप । उमाकुण्ड गाँउपालिका वडा नं. २ ले ‘लम्पी स्किन’ रोगविरुद्ध आैषाधी दिन सुरु गर्ने भएको छ । वडाले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क आैषाधी र भ्याक्सिन दिन लागिएको हो ।
उमाकुण्ड-२ को वडा अध्यक्ष खम्बाध्वज बस्नेतले वडामा पहिलोपटक लम्पी स्किन रोग नियन्त्रणका लागि आैषाधी र भ्याक्सिन खरिद गरेर निःशुल्क दिने कार्य थालेको बताउनुभयो ।
“विगत केही दिनअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्न स्वस्थ पशुलाई निशुल्का अौषाधी वितरण गरेको हो । बजेटले भ्याएसम्म निःशुल्क लगाई दिन्छौँ ।” साथै उहाँले पशु स्वास्थ्य प्राविधिकलाई किसानको गोठगोठमा पठाएर अौषाधी र भ्याक्सिन लगाउन निर्देशन दिने र वडा प्रतिनिधिहरू पनि सगसगै खटिने बताउनुभयो ।
रोग नलागेका वस्तुलाई अौषाधी लगाउन वडा भित्रका पशुहरूको विवरण संकलन गर्ने काम भइरहेको उहाँको भनाइ छ । उहाँले वडा क्षेत्रका सबै गाई गोरुलाई पुग्ने गरी अौषाधी तथा भ्याक्सिन खरिद गर्न वडा समितिले निर्णय गरि अौषाधी समेत खरिद भएको बताउनुभयो । अब तत्काल अौषाधी तथा भ्याक्सिन लगाउन सुरु गरिने अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो ।
बाम्तीभण्डारमा लम्पी स्किन रोगबाट हाल वडा भित्र बढ्दो मात्रमा गाई, गोरु, राँगा, भैँसी बिरामी भएको उहाँले जानकारी दिनुभयो । उहाँले वडा कार्यालयबाट अौषाधी खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले निःशुल्क दिएको बताउनुभयो । यसअघि कतिपय किसानले आफैँ भ्याक्सिन खरिद गरेर पशुलाई लगाउँदै आएका छन् ।
Discussion about this post