शनिबार पनि बाम्तीभण्डारमा लम्पी स्किन विरुद्ध खोप लगाइयो

रामेछाप । केही महिना देखि फैलिएको लम्पी स्किन रोग विरुद्धको खोपलाई उमाकुण्ड २, बाम्तीभण्डारले तीव्रता दिइएको छ। वडा नं. २ का विभिन्न स्थानमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध खोप लगाइएको छ ।

सिम गाउँमा २७ र हिजो लुबुँ, रत्नज्योति आसपासमा ४५ डोज खोप पशुलाई लगाइएको वडा अध्यक्ष खम्बाध्वज बस्नेतले जानकारी गराएको छ । आज वडाको तल्लो क्षेत्र रोसी र आसपासको क्षेत्रमा खोप लगाउने कार्यक्रम रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

त्यस्तै लम्की स्किन रोगको सङ्क्रमण चौरी गाईलाई पनि देखिएकोले वडामा संकलन भएको विवरण अनुसार चौरी गोठमा पुगेर भ्याक्सिन दिने वडा सदस्य ङावा तेम्बा शेर्पाले जानकारी दिनुभयो ।

आम्दानी हुने समयमा दुध दिने चौरीगाईहरू एक्कासी बिरामी हुदा दुध उत्पादन घटेको र उपचारका लागि पशु प्राविधिक बोलाउदा विकटको कारण आउन नमान्ने समस्य हुदा कतिपय चौरीहरू मरेको चौरी पालक कृषकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित