रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ स्थित बाम्ती शिवजीथान टोल विकास समितिले बाम्ती खोलाको झोलुङ्गे पुल देखि बाम्ती स्कुल, ठोक्दिन औठिटार र तातोपानी खोला सम्मको गोरेटो बाटो सरसफाइ गरेको छ ।
टोल विकास समितिको अगुवाइमा उक्त टोलवासीले आफू हिड्ने बाटो मर्मत तथा सरसरफाई गर्नुका साथै खुड्किलाहरू बनाउने काम गरेका हुन् ।
आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले बाम्तीमा बिग्रेको बाटो मर्मत तथा सरसरफाई गरेको टोल सुधार समितिका प्रतिनिधि राम बहादुर बस्नेतले जानकारी दिए । उनले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
हरेक काममा सरकारको मात्र मुख ताक्ने परिपाटी बढिरहेकोले सामूहिक रुपमा टोलको विकास गर्ने उद्देश्य सहित केहि वर्ष अगाडि टोल विकास समिति गठन गरिएको थियो ।
Discussion about this post