रामेछाप – सोलुखुम्बु घर बताएका रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलकाे रिन्जी शेर्पाको शव व्यवस्थापनका लागि रामेछाप शेर्पा किदुगको कोषबाट २५ हजार आर्थिक सहयोग गरेको छ ।
मृतक शेर्पा गत साउन ११ गते अन्दाजी अपराहन्न साडे ५ बजे झापाको बिर्तामोड नगरपालिका ४ पश्चिम बस स्टेशनमा बेवारिसे अवस्थामा लडिरहेको अवस्थामा नगर प्रहरीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल भन्द्रपुर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिए ।
उपचारको क्रममा साउन २३ गते मृत्यु भएको शेर्पा शव अस्पतालमा अलपत्र परेपछि रामेछाप शेर्पा किदुग र नेपाल शेर्पा संघ झापाको अध्यक्ष आङ छेवाङ शेर्पाको समन्वयमा मृतकको आफन्तसंग सम्पर्क गरि बौद्ध धर्म संस्कार अनुसार दाह संस्कार गरिएको शेर्पा किदुग रामेछापले जानकारी दिए ।
दुई बर्ष पहिले पनि शेर्पालाई अत्याधिक मादक पदार्थ सेवन गर्ने बानीको कारण किदुकले उद्दार गरि रिबोन ट्रिमेन्ट एण्ड रिह्याबीटेसन सेन्टरमा १० महिना किदुकको आर्थिक सहयोगमा उपचार गराएको जानकारी गराए ।
Discussion about this post