रामेछाप । रामेछापको उमाकुण्ड–२, बाम्तीभण्डारमा चौरीगाईलाई पनि लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाएको छ । गत शुक्रबारदेखि वडा कार्यालय बाम्तीभण्डारबाट कर्मचारी र जनप्रतिनिधि आफै संलग्न भएर चौरीगाईलाई ६५ वटा भ्याक्सिन र १५ वटा निःशुल्का उपचार गरिएको वडाध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो ।
साथै उमाकुण्ड २ , देउरालीमा स्थानीय गाईलाई १५ वटा भ्याक्सिन र ३ वटा निशुल्का उपचार गरिएको वडा सदस्य ङावा तेम्बा शेर्पा बताउनुभयो । हाल सम्म उमाकुण्ड –२, बाम्तीभण्डारमा लगभग ५ सय हाराहारीमा गाईभैंसी तथा चौरीहरूलाई भ्याक्सिन लगाएको वडा सदस्य शेर्पाले बताउनुभयो ।
भ्याक्सिनको अत्यधिक माग भएको कारण वडाले मात्र धान्न नसक्ने अवस्था भएकाले भोलिबाट भिविन्न संघसंस्थासंग सहकार्य मार्फत भ्याक्सिन र औषाधि खरिद गरी वितरण गरिने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
यस अघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय चौरीगाईमा अत्यधिक मात्रमा देखिएको छ । उमाकुण्ड–२, देउरालीमा मात्र सातवटा चौरीगाई मरिसकेको र सबै चौरीगाईमा रोगको संक्रमण फैलिएको कैरन चौरीपालक कृषक समुहका अध्यक्ष साङ्गे लामाले बताउनुभयो ।
भोलिदेखि वडा कार्यालयले बिरामी पशुचौपयका लागि वडाभित्रका कृषकहरूलाई औषाधि वितरण गर्ने पशु प्राविधिक विन्दु थापाले जानकारी दिनुभयो ।
Discussion about this post