उमाकुण्डको बाम्तीमा बोलेरो दुर्घटना

0
SHARES
0
VIEWS

रामेछाप । उमाकुण्ड गाउँपालिकामा आज बिहीबार बोलेरो जिप दुर्घटना हुदा एकजना सामान्य घाइते भएका छन् । घाइते अवस्था सामान्य रहेको उमाकुण्ड २ बाम्तीका सदस्य ङावा तेम्बा शेर्पाले जनाएको छ ।

लिखुपिकेबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२६ च ६८०४ नम्बरको बोलेरो उमाकुण्ड– २ देउराली स्थित झरेनीमा दुर्घटनाग्रस्त भएको बाम्ती प्रहरी चौकीले जनाएको छ । 

चालकसहित ६ जना यात्रु र सामान बोकेको बोलेरो रोकेको अवस्थामा आफै पछाडि सरेर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

प्रहरी कार्यालयका अनुसार बोलेरोमा सवारमध्ये घाइते लिखुपिके गाउँपालिका–४ का छत्र बहादुर कार्की रहेको छ । घाइतेलाई उपचारको लागि बाम्ती स्वस्थ चौकीमा पठाएको छ । बोलेरो गाडी पुर्ण रूपमा क्षेति भएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित