काठमाडौंदेखि बाम्तीभण्डारसम्म लेडिज बाइक राइड हुदै

रामेछाप । घर देखि सहर’ भन्ने मूल नारा सहित रामेछापको बाम्तीभण्डारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहीँ आउदो असोज १२ देखि १४ गतेसम्म पहिलो पटक ‘दुई पाङ्ग्रे क्वीन्स’ ले मोटरसाइकल यात्रा (बाइक राइडर)  हुने भएको छ ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

सगरमाथा पदमार्गको मुख्य प्रवेशद्वार मानिने प्रकृतिको धरोहर रुपमा अवस्थित र पर्यटनको प्रचुर सम्भावनाले भरिपूर्ण रामेछापको उमाकुण्ड-२ बाम्तीभण्डारमा पहिलो पटक एकैसाथ २४/२५ जनाको समुहमा हुन लागेको ‘लेडी’ ‘बाइक राइडर’हरुले यहाँका धार्मिक तथा पर्यटकीय ठाउँको थप प्रचार प्रसार भई पर्यटन प्रबर्द्धन हुने विश्वास लिएको स्थानीय युवा जीवन घतानेले जानकारी दिनुभयो ।

यस क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई बढाउन राइडर गर्न लागेका ‘ महिला/लेडी ‘बाइक राइडर’ ले काठमाडौँदेखि–दोलखाको जिरी–रामेछापको शिवालय–देउराली हुँदै उमाकुण्ड गाउँपालिकाको वडा नं २ बाम्तीभण्डार शोतर्मू सम्मको यात्रा तय गरेको सोर्तमु टोल विकास संस्थाले जानकारी दिनुभयो ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

मुख्यतया यस वडाकै चर्चित पर्यटकीय क्षेत्र बाम्तिण्डारमा लुबु बजार, लुबुँ मन्दिर, फाक्सिङ डाँडा, रत्न ज्योति बजार, थोदुङ गुम्बा, बौद्ध, स्तुपाको लगायत चर्चित ठाउँ भ्रमण गरि अध्ययन र प्रचार गर्ने उद्देश्यले कार्यक्रम तय भएको ‘राईड’ टोली प्रमुख तुलसा पहाडीले बताइन् ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने

महिलाहरूले पनि बाइक राइडर जस्तो जोखिमपूर्ण र साहसिक कार्यमा भाग लिंदा ओझेलमा परेका विभिन्न शृङ्खलाको रमणीय दृश्य अवलोकनका साथै (Tourism Promotion through Motorcycling र Women on Wheels) को अवधारणालाई अगाडि बढाउन विश्वास पुग्ने छ । साथै एक तह माथि उठाउन लेडी राइडर (Lady Riders) हरू एकताबद्ध भएको र महिलाहरू पनि सक्षम छन् भने सन्देश समेत प्रवाह हुने र यो हाम्रो लागि गौरवको विषय भएको घतानेले बताउनुभयो ।’

प्रयटन प्रवर्द्धन संगै उमाकुण्ड २ मा रहेका केही बिद्यालय हरूलाइ खेलकुद काे सामग्रि समेत वितरण गर्ने कार्यक्रम रहेकाले यसको लागि वडा कार्यालय सहित १२ वटा टोल विकास संस्था र अन्य विभिन्न संघ संस्था समेतको सहकार्यमा कार्यक्रमको तयारी भइरहेको त्यहाँ युवा घतानेले जानकारी गराए । साथै ‘वडा अध्यक्ष खाम्बध्वज बस्नेतले प्रचारप्रसारमा टेवा पुर्‍याउने काम राम्रो बिषय भएकाे एक सञ्चारमाध्यमलाई बताउनु भएको  थियोे ।

तस्बिर स्रोत : जीवन घताने
तस्बिर स्रोत : जीवन घताने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित