रामेछाप । उमाकुण्ड गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।
असोज १८ गतेदेखि सञ्चालन हुने घुम्ती शिविरमा नयाँ नागरिकता प्रमाणपत्र वितरण र राष्ट्रिय परिचयपत्र संकलन, व्यवसाय दर्ता, इजाजतपत्र प्रदान तथा नवीकरण, ज्येष्ठ नागरिक तथा आपाङ्ग परिचयपत्र वितरण, आर्थिक बर्ष ०८०/८१ को योजना सम्झौता र सामान्य स्वास्थ परिक्षण सेवा प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
शिविरले स्थानीय सरकारको अनुभूति गराउने वडास्तरबाटै गाउँपालिकाबाट प्रदान गरिने सेवा लिन वातावरण हुनेछ । गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने लक्ष्यअनुसार नै शिविर सञ्चालन हुनेछ सूचनामा जनाएको छ।
भुगोलको हिसावले विकट मानिने यस गाउँपालिकाको सातैवटा वडामा क्रमशः शिविर सञ्चालन गरिने भएको छ । शिविर गाउँपालिकाको वडा नं. ७ भुजीबाट सुरु गरि गुम्देलमा पुगेर सकिने सूचना मार्फत जानकारी गरिएको छ। गाउँपालिकाले विगतका बर्षमा पनि यस प्रकारको घुम्ती शिविर सञ्चालन गरिने गरेका छन् ।
Discussion about this post