रामेछाप । उमाकुण्ड २, देउरालीमा गठन भएको टोल विकास संस्थालाई आज वडा कार्यालयमा सूचिकृत गरि प्रमाणपत्र प्रदान गरिएको छ ।
काजी लामाको अध्यक्षतामा गठन गरिएको टोल विकास संस्थाको समितिकाे पदाधिकारी हेरफेर गरि आज वडा कार्यालयमा सुचिकृत गरिएको हो।
उमाकुण्ड गाउँपालिका २ नम्बर वडा बाम्तीभण्डारमा गठन भएको १२ वटा टोल विकास संस्था मध्ये वडामा सूचिकृत हुने यो पहिलो टोल विकास संस्था हो । त्यस्तै अन्य सक्रिय रुपमा रहेका टोल विकास संस्थाहरूलाई पनि क्रमश वडामा सूचिकृत गरिन्दै लगिने २ नं. वडाका वडा सदस्य ङावा तेम्बा शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै उमाकुण्ड वडा नम्बर २ बाम्तीभण्डारमा आर्थिक बर्ष २०८०/०८१ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ १३ लाख बजेट अन्तर्गत ७ वटा योजना बाँडफाँड गरिएको थियो । उक्त योजना मध्ये ३ लाखको थोदुङ्ग गुम्बा जाने बाटो रेलिङ जडान तथा व्यवस्थापन, एक लाखको सोतर्मु आवि बाटो मुनि पिडाल्ने सिडि सोलिङ, ३ लाखको रोशी पिपल डाडा, कोइराले ठाडो खोला ग्यविन तथा सोलिङको लागि स्व रोजगारको नामावली भएका व्यक्तहरूबाट समिति गठन गरिएको सदस्य शेर्पाले बताउनुभयो ।
Discussion about this post