उमाकुण्ड गाउँपालिकाद्वारा एकीकृत घुम्ती शिविर सुरु

रामेछाप। उमाकुण्ड गाउँपालिकाले नागरिकलाई उनीहरूको घर दैलोमै गाउँपालिकाको सेवा प्रवाह गरेको छ ।

गाउँपालिकाका शाखाहरूबाट प्रवाह हुने सेवाहरू जनतालाई सहज होस भन्दै गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरी वडा कार्यालयबाट पालिकाको सम्पूर्ण सेवाहरू प्रवाह गरेको हो ।

एकीकृत घुम्ती शिविरको सुरुवात गर्दै उपाध्यक्ष सावित्री सुनुवारले जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गरेको जानकारी गराएकी हुन् ।

गाउँपालिकाले आज बिहीबार एकीकृत घुम्ती शिविर गाउँपालिकाको वडा नं. ७ भुजीबाट सुरुवात गरेको छ । वडा कार्यालयमा गाउँपालिकाका सबै शाखाहरूबाट हुने काम कारबाही वडाबाट प्रवाह गरेको हो ।

तस्बिर स्रोत : उमाकुण्ड गाउँपालिका
तस्बिर स्रोत : उमाकुण्ड गाउँपालिका

एकीकृत घुम्ती शिविरमा गाउपालिकाले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । आज शिविरमा २७ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ५४ वटा राष्ट्रिय परिचपत्रको विवरण, २८ वटा व्यवसाय दर्ता तथा नवीकरण,
९ वटा अपांगता परिचयपत्र र एउटा जेष्ठ नागरिक परिचयपत्र ६ वटा वितरण भएको गाउँपालिकाले जानकारी दिएको छ । त्यस्तै योजना सम्झौता भएको र घुम्ती शिविरबाट ५४ हजार आठ सय बराबरको राजस्व संकलन भएको छ । शिविर भोलि शुक्रबार उमाकुण्ड ६ गुप्तेश्वरमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित