रामेछापको उमाकुण्ड -२, बाम्तीभण्डारमा जन्मिएका नव गायक हिक्मत रसाइलीले नेपाली लाेक सांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘सोलुखुम्बु सल्लेरी बजार’ बजारमा ल्याएको छ।
आफ्नै गाउघरको मौलिक शब्द समेटिएको समय सापेक्षित लोक गीतलाई मिस्टर हिक्मत युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ भने गीतमा नव प्रतिभावान लोक गायक हिक्मत रसाइली र गायिक सिम्रन शाहाको स्वर रहेको छ।
गीतको शब्द गायक हिक्मत रसाइली र संगीत पुर्ण गुरुङको रहेको छ। गीतको भिडियोमा पनि गायक हिक्मत रसाइली र सिम्रन शाहाले नै अभिनय गरेका छन्।
गीतमा छायांकन , सम्पादक र ग्राफर दीपा शेर्पाली रहेको छ। त्यस्तै उहाँको आर्को गीत मायाको प्यासी पनि सार्वजनिक गरेका छन् । जुन गीतको शब्द, संगीत सुमी श्रेष्ठले गर्नुभएको छ भने
स्वर हिक्मत रसाइली र सुमी श्रेष्ठले दिनुभएको छ ।
Discussion about this post