उमाकुण्डमा एकदिने पालिकास्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

456
SHARES
1.1k
VIEWS

रामेछाप । उमाकुण्ड गाउँपालिकामा आज शनिबार पालिकास्तरीय बृहत विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एकदिने विज्ञान प्रदर्शनी कार्यक्रम भएको हो ।
विद्यार्थीहरुमा बैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्वेश्यका साथ गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र संचालित माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) का विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले खोज तथा आविस्कार गरेका विज्ञानका सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरुमा वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा प्रोत्साहन गर्ने उद्देश्यले वैज्ञानिक प्रदर्शनीको आयोजना गरिएको कार्यक्रममा ७ वटा माध्यमिक विद्यालयको बालबालिकाले भमग लिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स. ङावा शेर्पाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा उमाकुण्ड २ बाम्तीको सिद्धेश्वर मावि प्रथम, उमाकुण्ड–४ प्रितीको चण्डेश्वरी मावि दोस्रो र उमाकुण्ड–७ को कास्थेम मावि तेस्रो भएको उहाँले बताउनुभयो । प्रदर्शनीमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार पाएका छन् । चण्डेश्वरी माविको प्राङगणमा भएको प्रदर्शनीमा एउटा विद्यालयबाट ४ जना विद्यार्थी सहित विषय शिक्षकको सहभागिता रहेको थियो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित