जिल्ला शिक्षा विकास समन्वय इकाई रामेछापले शिक्षक क्षमता विकास तालिम आयोजना

रामेछाप । शैक्षिक गुणस्तरका लागि समय समयमा शिक्षक तालिम आवश्यक हुने उद्धेश्यले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रामेछापको आयोजना र उमाकुण्ड शिक्षा, युवा तथा खेलकुद शाखा सहकार्यमा उमाकुण्ड गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यालयमा अध्यापनरत २८ जना शिक्षकलाई एकमुष्ट शैक्षिक तालिमको व्यवस्था गरेको छ ।

’शिक्षकको क्षमता अभिवृद्धिका लागि’ २ दिने पेशागत तालिम सिद्धेश्वार मावि लुबुँको सेमिनार हलमा आजदेखि शुरू भएको छ । आज शनिबार पहिलो दिन सिद्धेश्वर माविका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठी र विज्ञान शिक्षक आकाश सुनुवारले शिक्षामा आएका नवीनतम् प्रयोग, शिक्षण विधि, पाठ योजना निर्माण र वर्तमान समयअनकूलको शिक्षण प्रविधिको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

तालिममा जिल्ला शिक्षा विकास समन्वय इकाई रामेछापका प्रास बालकृष्ण ढुङ्गेल र उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रास ङावा शेर्पा उपस्थित हुनु भएको थियोे । तालिम उमाकुण्ड ४, ५, ६ र ७ का शिक्षकहरूको लागि पर्सि २२ र २३ गते गाउँपालिकामा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित