रामेछाप । उमाकुण्ड गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय बाल अधिकार समितिका सदस्यहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
उमाकुण्ड गाउँपालिकास्थित गाउँपालिका स्तरीय बाल अधिकार समिति र बाल संजालका पदाधिकारीहरूका लागि चैत्र १३ र १४ गते क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको हो ।
बाल अधिकार भनेको के हो? बाल अधिकारको ऐतिहासिक पृष्ठभूमि, नेपालको संविधानले बाल अधिकारका लागि गरेको व्यवस्था तथा बाल बालिकासम्बन्धी ऐन, नेतृत्व विकास, बालमैत्री बाताबरण, बाल अधिकार समिति र बाल संजाल समुहको काम, कर्तव्य,अधिकार र कार्ययोजना, बाल अधिकार सम्बन्धि महासन्धि लगायतका विषयमा बरिस्ठ प्रशिक्षक सोना लाल चौधरीद्वारा दुई दिने तालिम प्रदान गरिएको थियो ।
तालिमको समापन समारोहमा उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाले बाल अधिकार सम्बन्धि कार्यविधि र समिति बनाएर क्षमता अधिवृद्धिको लागि तालिमको आयोजना गरेको बताउनु भयो ।
उपाध्यक्ष सुनुवारले कार्यक्रममा तालिमले बालबालिकाको क्षमता विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै बालबालिकाका अधिकारलाई प्रत्याभुत गराउन प्रतिबद्ध रहेको भनाइ राख्नु भयो ।
सो अवसरमा उहाँले तालिमबाट सिकेका विषयलाई व्यवहारिक रुपमा लागु गर्न बालबालिकासंग जोडिएका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था तथा व्यक्तिहरूलाई आग्रह समेत गर्नु भयो ।
तालिममा सहभागीहरूले आयोजक गाउँपालिका र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखालाई धन्यावद दिँदै यस तालिम कार्यक्रममा सिकेका कुरा आफ्नो क्षेत्र र समाजमा सिकाउदै व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्नुभयो ।


Discussion about this post