युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

लुम्बिनीमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक गरे  साधना

नुम्बुर खबर by नुम्बुर खबर
२०८० चैत्र २७, मंगलवार १८:३९
in लुम्बिनी प्रदेस
0
लुम्बिनीमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक गरे  साधना

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा २०८० चैत १७ गतेदेखि विराट चक्र विज्ञान तथा ध्यानसहितको प्रयोगात्मक शिविरमा ६ हजारभन्दा बढी सहभागीले एकै पटक साधना गरेका छन् । आधुनिक शैलीमा बनाइएको अन्तर्राष्ट्रिय साधना कक्षमा अहिलेसम्म सबैभन्दा धेरै सहभागी गराएर यस्तो कार्यक्रम गरिएको हो । जीवन विज्ञान परिषद्को आयोजनामा भएको यो शिविरमा नेपालसहित विभिन्न २० मुलुकका रहेका गैर आवासीयसमेत ६ हजारभन्दा बढी योग प्रेमीहरू सहभागी भएका हुन् । एक साता चलेको यो शिविरमा योग प्रेमीहरूको उत्साहजनक सहभागिताले उनीहरुलाई स्वस्थ जीवन जिउनका लागि प्रेरणा प्रदान गरेको जनाएका छन् ।

शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल पवित्र भूमिमा जीवन विज्ञानले आयोजन गरेको सप्ताहव्यापी विराट चक्र विज्ञान साधनामा ५  हजार ३ सय सहभागी र करिब १ हजार आयोजक, स्वयंसेवक गरी ६ हजारभन्दा बढी साधक साधिकाको सहभागितामा योग प्रणायम ध्यान सम्पन्न भएको हो ।

सहभागीले एक साताको बसाइँमा सकारात्मक सोचको विकास, आध्यात्मिक जागरण र व्यक्ति व्यक्तिमा रुपान्तरणको अभियानमा साधनाले उत्साहजनक सफलता हासिल भएको जनाएका छन् । विराट चक्र विज्ञानजस्तो महत्वपूर्ण साधनामा सहभागी भई अभूतपूर्व ज्ञान र खुसी प्राप्त गरेको अनुभूति गरेको सहभागीहरूको भनाइ छ । जीवन विज्ञानका संस्थापक द्वय एलपी भानु शर्मा र रमेश नेपालले दिएको योग शिक्षा र प्रयोगात्मक कक्षाले निकै उत्साह, ऊर्जा र जीवन जिउने सफल कला सिक्ने अवसर प्राप्त भएको सहभागी कमला पाण्डेले बताउनुभयो ।

मानवता, शान्ति, विपश्यना ध्यान र योगका प्रणेता गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यस प्रकारको विराट चक्र विज्ञान शिविर आयोजनाले  गौतम बुद्धका विचारलाई विश्वमा सञ्चारित गर्नमा महत्वपूर्ण भूमिका खेलेको सहभागीको बुझाई छ । चक्र विज्ञानमा आधारित यो विराट ध्यान तथा योग शिविरको सफलताले विश्वका पर्यटकहरूलाई नेपालमा आउनका लागि उत्प्रेरित गरेको छ ।  जीवन विज्ञानले मानिसलाई शान्ति र समृद्धिको बाटो देखाएको हुनाले यो विश्वकै मानव जातिका लागि स्वस्थ र सभ्य जीवन मार्ग बनेको छ ।  सफल र स्वस्थ जीवन तथा  पर्यटन विकासका लागि गौतम बुद्धबाट प्रतिपादित विपश्यना ध्यान र  जीवन विज्ञानमा आधारित योगलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न यो साधनाले आफूहरूलाई सहज बनाउने सहभागीहरूको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष सुरेश आचार्य आफ्नो व्यस्त दैनिकी छाडेर साधनामा आएको र निकै राम्रो उपलब्धी आफूले पाएको बताउनुहुन्छ । शारीरिक र मानसिक ऊर्जा पाएको आचार्यको भनाइ छ । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले पनि निकै ऊर्जाका साथ लुम्बिनीको साधनामा सहभागी हुनुभयो । उहाँले पनि योग र साधनासहित चक्र विज्ञानबारे धेरै जानकारी पाउन सकेको बताउनुभयो ।

देवदह नगरपालिकाका पूर्व मेयर हिरा केसी राजनीतिबाहेक नाम चलेका व्यवसायी हुनुहुन्छ । दिनहुँ उठेदेखि ननिदाउँदासम्मका तनावमा उहाँको दैनिकी चलिरहेको हुन्छ तर एकसाता लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा ती सबै तनाव बिर्सेर साधना गर्नुभयो । बुटवलको वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री १५ हजारभन्दा बढी मतदाता रहेको वडामा दोस्रो कार्यकाल सम्हालिरहनुभएको छ । दिनहुँ कार्यालयको जिम्मेवारी र राजनीतिक जिम्मेवारीले उहाँलाई कति बेलै फुर्सद हुँदैनथ्यो तर एकसाता दिनहुँ ११ घण्टाको ध्यानमा बसेर जीवनको वास्तविकता बुझ्न पाएको बताउनुहुन्छ । नेपालसहित विभिन्न २० देशमा रहेका गैरआवासीय नेपालीहरू सम्मिलित यो साधनामा पहिले नै नाम दर्ता गराएर सहभागी भएका ५३ सय जना र करिब १ हजार जनाको आयोजक टिमका सदस्यहरु यो अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा साधना गरेका हुन् । एकै पटक यति धेरै सङ्ख्यामा सहभागीहरूलाई विराट चक्र विज्ञानका विषयमा प्रशिक्षक द्वय  रमेश नेपाल र एलपी भानु शर्माले प्रशिक्षित गर्नुभएको हो ।

गैरआवासीय नेपालीसहित देशका ७५३ वटै पालिकाबाट यहाँ आइपुगेका सहभागीहरू बिहानदेखि साँझसम्म निरन्तर मन्त्रमुग्ध भएका दुई प्रशिक्षकका प्रवचनहरू सुनिरहे । मन्त्री,सांसद, विभिन्न २२ वटा पालिकाका प्रमुख तथा उपप्रमुखहरू, उच्च प्रशासनिक तहका कर्मचारीहरू, विभिन्न दलको जिम्मेवारीमा रहेका व्यक्तिहरू र यो साधनामा निरन्तर खटिरहेकाहरू यसमा सहभागी रहेका छन् । योग साधना, जीवन विज्ञान र चक्र विज्ञानका विभिन्न विषयहरूमा सहभागीहरूले ध्यानपूर्वक सुनिरहेका हुन्थे । दिनभर मोबाइलमार्फत विभिन्न सामाजिक सञ्जालमा व्यस्त रहनेहरू यो साधना कक्षमा ती सबै विषय बिर्सेर सुनिरहे ।  बुद्ध जन्मस्थल लुम्बिनीमा एकै पटक एक सातासम्म यति धेरै सहभागितामा विराट चक्र विज्ञान आयोजना गरेर विश्व रेकर्ड कायम गर्न खोजेको दाबी आयोजकको छ ।

प्रशिक्षक रमेश नेपालले अहिलेसम्म विश्वका कुनै ठाउँमा यति ठूलो सङ्ख्या राखेर प्रशिक्षण चलाएको आफूहरूले नपाएकोले यो नयाँ रेकर्ड भएको दाबी गर्नुभयो । विश्वका ६५ देशमा आफूहरूले यो अभियान सञ्चालन गरेको बताउँदै नेपालले विश्व शान्तिको मुहानबाट यो नयाँ अभियानको शुरुवात गरेको जानकारी दिनुभयो । ‘हामीले सहभागीलाई कसरी व्यवस्थापन गर्ने चुनौती भयो, स्थान अभाव भएर व्यवस्थापन गर्न नसकेको विषय छ, यति धेरै सङ्ख्यामा एकै ठाउँमा राखेर प्रशिक्षण गर्न पाउनु, त्यो पनि विश्वको पवित्र स्थलमा गर्न पाएकोले धेरै खुसी लागेको छ, सबै सहभागीलाई अन्तिममा सोध्नुहोस्, यो साधनाले सबैको जीवनी फेरिएको पाइनेछ’ उहाँले भन्नुभयो ।

अर्का प्रशिक्षक एलपी भानु शर्माले जीवनको वास्तविकता बुझ्नका लागि यो साधना जरुरी भएको बताउनुहुन्छ । ‘धेरैलाई यहाँ आउन समस्या भयो होला, धेरै बाहिर देश र देशका विभिन्न पालिकाबाट यहाँ आउन समस्या भएपनि यहाँ आएपछि सहभागीले एक मिनेट पनि अन्त ध्यान नदिई सुनिरहेको अवस्था रह्यो, सबैलाई उत्तिकै ऊर्जा थपिरहेको थियो, यो अभियान अहिलेसम्म विश्वमै ठूलो सङ्ख्याको हो’ उहाँले भन्नुभयो–‘अब यसलाई निरन्तरता दिने गरी योजना बनाउने छौँ ।’ साधनामा विदेशमा रहेका नेपाली मूलका मात्रै होइन भुटान र म्यानमारका पनि केही सहभागीहरू रहेको आयोजकको भनाइ छ ।

हालसम्म अस्ट्रेलियामा १४७१ जना सहभागी बनाएर यस्तो कार्यक्रम गरिएकोले यो कार्यक्रमबाट विश्व रेकर्ड कायम गरिने दाबी आयोजकको छ । विराट चक्र विज्ञान लुम्बिनी संयोजक केशव खनालले कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरू सहभागी भएर उत्साह थपेको बताउनुभयो । भगवान् गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात् तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । व्यक्तिभित्र नैसर्गिक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी आयोजकको छ । यो कार्यक्रमले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

लुम्बिनीमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक विकासमा समेत टेवा पुग्ने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । विराट चक्र विज्ञानमा सहभागी हुने व्यक्तिको आवासका लागि लुम्बिनी, भैरहवा तथा बुटवलसम्मका होटल तथा गेस्टहाउसहरूमा व्यवस्था मिलाइएको थियो । यसैगरी लुम्बिनीदेखि बुटवल तथा भैरहवासम्म आउनका लागि आयोजकले नै निःशुल्क यातायातको व्यवस्था गरिएको थियो । उनीहरुलाई खाजा,खाना र पानीको व्यवस्था त्यही केन्द्रमा गरिएको थियो । यो कार्यक्रमले लुम्बिनी क्षेत्रका सबै होटल अहिले भरिभराउ रहेका थिए ।

Previous Post

भुजीमा अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता हुँदै

Next Post

रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

Next Post

रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.