युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

प्रहरी हिरासतबाट म्याद थपका लागि बुधबार दिउँसो अदालत लगिँदै गरेका पूर्वगृहमन्त्री खाँण।

नुम्बुर खबर by नुम्बुर खबर
२०८० बैशाख २८, बिहीबार ०६:१८
in ब्यानर समाचार
0
प्रहरी हिरासतबाट म्याद थपका लागि बुधबार दिउँसो अदालत लगिँदै गरेका पूर्वगृहमन्त्री खाँण।

काठमाडौं– पछिल्लो समय उपराष्ट्रपतिको कार्यालयमा कार्यरत तत्कालीन गृहसचिव टेकनारायण पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाँण संशकित भइसकेका थिए।

आफू गृहमन्त्री भएपछि खाँणले नै पाण्डेलाई गृहमन्त्रालयको सचिवको जिम्मेवारीमा ल्याएका थिए। गिरोहका सदस्यबाट आर्थिक लाभ लिएका पाण्डे पक्राउ पर्दा उनले आरोप अस्वीकार गरिरहेका थिए। तर, प्रहरीले जुटाएका प्रमाणपछि पाण्डेले उन्मुक्ति पाउने ठाउँ देखेनन्। यो अवधिसम्म पाण्डेले खाँणको संलग्नता नभएको बताउँदै आएका थिए। खाँणको संलग्नता थियो वा थिएन भनेर त्यसका लागि आवश्यक प्रमाण जुटाउनमै प्रहरी केन्द्रित थियो।

पाण्डेले पक्राउ पर्नुअघि नै प्रमाण मेटाउन आफूले प्रयोग गर्ने ‘मोबाइल फर्म्याट’ गरिसकेका थिए। प्रहरीले उनको मोबाइलको ‘डाटा रिकभर’का लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। रिकभर भएर आएको मोबाइलमा प्रहरीले खाँण र पाण्डेबीच यो प्रकरणमा भएको आर्थिक लेनदेनको हिसाब पनि फेला पार्‍यो। उक्त प्रमाणपछि सचिव पाण्डेले पनि बयानका क्रममा खाँणको पोल खोलिदिए।

“हामीले दुवैजनाबीच आर्थिक हिसाबकिताब भएको प्रमाण फेला पारेपछि उहाँ (पाण्डे) ले पूर्व गृहमन्त्रीकै निर्देशनमा आफूले काम गरेको हो भनेर बयान गर्नुभयो”, प्रहरीका एक अनुसन्धान अधिकृत भन्छन्,“यस बाहेकका अरू प्रमाण पनि जुटेपछि खाँणको प्रत्यक्ष संलग्नता पुष्टि हुन पुग्यो र हामीले उहाँलाई हिरासतमा लियौँ।”

पाण्डेको मोबाइलमा उनले गिरोहबाट लिएको रकम र त्यसबाट खाँणसँग भएको लेनदेन लगायतका अन्य विवरण पनि फेला परेका छन्। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ।

गृह प्रशासनलाई बिचौलियाले चाहे जसरी नै प्रयोग गर्नमा पाण्डेको भूमिका महत्वपूर्ण देखिएको र त्यसका लागि उनले खाँणसँग परामर्श गरेको पनि अनुसन्धान अधिकृतहरू बताउँछन्। प्रहरीले यी सबै प्रमाण जुटाइसकेपछि खाँणका गतिविधि निगरानी गर्न थालेको थियो। उनी उम्कन सक्ने आशंकाले मंगलबारदेखि नै सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएका थिए। मंगलबार बेलुका ७ बजेसम्म मोबाइल एक्टिभ नै राखेका खाँण त्यसपछि बन्द गरेर सम्पर्कविहीन भएका थिए।

“उहाँको मोबाइल फोनको लोकेसन फरक फरक ठाउँमा देखिँदै आएको थियो। मंगलबार साँझपछि त फोनै बन्द भयो,” परिसरका एक अधिकृतले भने,“त्यसपछि हामी थप सक्रियताका साथ लागिपर्‍यौँ। अन्ततः आज (बुधबार) बिहान चाहबिल क्षेत्रमा रहेको खुलेपछि उहाँलाई पक्राउ गर्न सफल भयौँ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको प्रमाण फेला पारिसकेको प्रहरीले ती सबुदहरू नष्ट गर्न सक्ने आशंकामा खाँणलाई अदालतको पक्राउ पुर्जी नपर्खिई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९, उपदफा (६) तथा अदालत व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी आफैले जारी गर्न पाउने ‘जरूरी पक्राउ पुर्जी’ को आधारमा उनकै निवासबाट पक्रेको थियो।

खाँणलाई पक्राउ गर्न अनपेक्षित रूपमा प्रहरी टोली पुगेपछि शुरूमा उनले प्रहरीसित जान आनाकानी गरेका थिए। ‘म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्’ भन्दै प्रतिवाद गर्न खोजेका खाँणलाई प्रहरीले छुटकारा दिने ठाउँ थिएन।

पक्राउ गरेर उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा लगिएको थियो। प्रहरी नायव उपरीक्षकको कार्यकक्षमा उनीसँग अनुसन्धान अधिकृतहरूले करिब ५ घन्टा सोधपुछ गरेका थिए। त्यसपछि उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको थियो। त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको थियो। बयानका क्रममा खाँणले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए।

तर, प्रहरीले सचिव पाण्डेको मोबाइलमा फेला पारेको प्रमाण देखाएपछि भने उनले प्रष्ट जवाफ दिन सकेनन्। खाँणलाई तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की यस प्रकरणमा संलग्नता देखिने भरपर्दा प्रमाणहरू फेला परेपछि नै पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरिएको बताउँछन्। “यसबीचमा उहाँसँग सम्बन्धित थप प्रमाण संकलन गर्ने काम पनि हुन्छ। पक्राउ परेकाहरूका कुराहरू पनि बयानका क्रममा सुनिन्छ नै,” उनले भने।

खाँण पक्राउ परेसँगै उनकी पत्नी मञ्जु खाँण, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालगायत पनि अनुसन्धानमा तानिने सम्भावना रहेको प्रहरी अधिकारीहरूले बताएका छन्। यो प्रकरणमा यसअघि पक्राउ परेका संगठित गिरोहका सदस्यले उनीहरूको पनि नाम मुछेका छन् भने त्यससम्बन्धी एउटा अडियो संवाद पनि सार्वजनिक भएको छ। उक्त अडियो पीडितहरूले नै प्रहरीलाई बुझाएको खुलेको छ।

प्रहरीले उक्त अडियोको पनि जाँच अघि बढाएको छ। उक्त अडियोमा नाम मुछिएकी देउवापत्नी राणाले त फर्जी संवादलाई आधार बनाएर आफूमाथि आरोप लगाइएको दाबी गर्दै त्यसबारे अनुसन्धानका लागि बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी नै दिएकी छन्।

यस प्रकरणमा खाँणसमेत हालसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। यसअघि समातिएका १० जनामा सानु भण्डारी, केशव दुलाल, टंक गुरूङ, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरी छन्।

उनीहरू सबैलाई हिरासतमा राखेर संगठित अपराधको मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले अबको दुई साताभित्र अनुसन्धान सकेर प्रतिवेदन सहित सरकारी वकिलको कार्यालय समक्ष पेश गरिसक्नु पर्नेछ।

Previous Post

कैलेश्वर मावि गुप्तेश्वरको ४६ औं वार्षिक उत्सव सम्पन्न

Next Post

गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

Next Post
गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.