रामेछाप । विद्युत सर्ट भइ आगोलागी हुदा रामेछापको उमाकुण्ड २ बाम्तीभण्डार, तार्जेमा एक घर जलेर पूर्णरूपमा क्षति भएको छ ।
मंगलबार दिउँसो साँढे १२ बजे घरको मानिसहरू बाहिर गएको समयमा मिटर बक्सबाट एक्कासि आगो निस्केर स्थानीय जम्बर सिंह विश्वकर्माको ढुङ्गा माटो र काठले बनेको जस्ताको छानो भएको एक तल्ले कच्ची घरमा एक्कासी आगोलागेको हो ।
आगोलागीमा परि मानविय क्षती भने भएको छैन तर घर भित्र रहेको अन्नपात, लत्ताकपडा तथा भाडावर्तन सम्पूर्ण जलेर नष्ट भएको पीडितको श्रीमतीले बताउनुभयो । स्थानियको सहयोगमा केही समय पछि नियन्त्रणमा लिएको छ ।
Discussion about this post