मंसिरभित्र शिक्षक पदपुर्तिकको खुला विज्ञापन हुने, अनलाईनबाट आवेदन दिन सकिने

0
SHARES
0
VIEWS

काठमाडौं – शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार अबको मंसिरभित्र शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भएको छ । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन गर्न लागेको हो ।

सूचना अधिकारी सुदर्शन मरहट्टाले आयोगको वार्षिक कार्यतालिकामा मंसिरमा शिक्षक पदपुर्तिकको खुला विज्ञापन गर्ने भनिएको र त्यसै अनुरुप खुला विज्ञापन गर्न लागिएको बताए । उनले, मंसिर सकिन धेरै दिन नरहेको बताउँदै अबको तीन दिनभित्र खुला विज्ञापन गर्ने तयारीमा रहेको बताएका छन् ।

मरहठ्ठाले परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गर्न लागिएको समेत जनाएका छन् । म्यानुअलबाट फारम भराउँदा समय लाग्ने भएकोले अनलाइनबाटै फारम भर्ने व्यावस्था गर्न लागिएको उनले बताए ।

उनले भने “पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गर्न लागेको छ । साथै ठुलो संख्यामा शिक्षकहरुले आवेदन दिने हुँदा अनलनईनमा समस्या नआउनेगरी व्यावस्थित गर्न लागि परेका छौं । ”

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित